नियम १२
धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिको लागि निवेदन दिनु पर्ने
ः
(१) धितोपत्र बजार सञ्चालन गर्न, गराउन चाहने संगठित संस्थाले धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिको लागि अनुसूची–१ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनु पर्नेछ । यसरी दिइने निवेदन साथ अनुसूची–२ मा उल्लेख भए बमोजिमको दस्तुर समेत संलग्न गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदनसाथ देहायका विवरण तथा कागजातहरू समेत संलग्न गर्नु पर्नेछ ः–
(क) संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावली वा विधान ।
(ख) कुनै ऐन अन्तर्गत गठन भएको संगठित संस्था भएमा सो ऐन अन्तर्गत बनेका नियम तथा विनियमहरू ।
(ग) चल तथा अचल सम्पत्तिको विवरण ।
(घ) संस्थापक तथा सञ्चालकहरूको नाम, थर, ठेगाना तथा उनीहरूले लिने शेयर ।
(ङ) संस्थापकहरूको योग्यता तथा अनुभवको विवरण ।
(च) कार्यकारी प्रमुखको नाम, योग्यता र अनुभवको विवरण ।
(छ) धितोपत्र बजार सञ्चालन गर्ने ठाउँ, कारोबारको क्षेत्र र सदस्यता सम्बन्धी कुराहरू ।
(ज) कम्तीमा तीन वर्षको प्रक्षेपित कारोबार आय व्यय विवरण र वासलात समेत समावेश गरिएको धितोपत्र कारोबार सम्बन्धी
सम्भाव्यता अध्ययन प्रतिवेदन ।
(झ) बोर्डले तोकिदिएको अन्य कुराहरू ।